Dynamic-views

10/14/14

'जनकवि केशरी' अस्ताए

11:41 PM Posted by Ram Chandra No comments
स्कुल पढ्दै गर्दा सद्बिज छर्न पशुपति आउनेको भीडमा मिसिएर पहिलो पटक काठमाडौं आइपुगेका थिए उनी । पोखरा बाटुले चौरका उनै किशोर पछि जनमनका कवि, गीतकार, गायक र संगीतकार भएर देखा परे । लोकजीवन र माटोको भाका टिपेर संवर्द्धन र प्रवर्द्धन गर्ने अभियानबापत राष्ट्रकै तर्फबाट 'जनकवि केशरी' को उपाधि पाए ।
'हरियो डाँडामाथि हलो जोत्ने साथी...', 'आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युँझाउन...', 'धुरु धुरु नरोऊ आमा, तिम्रो आँसु पुछेरै छाडौंला...', 'घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली...', 'साइँली रिमै चौंरी गाई, झर्‍यो रिमै मधुवनमै...', 'हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो..,' जस्ता जनजिब्रोमा झुन्डिएका सयौं सिर्जना दिएका उनै जनकवि केशरी धर्मराज थापाको ९० वर्षको उमेरमा मंगलबार बिहान राजधानीमा चोला उड्यो ।
मस्तिष्कघातका कारण लामो समयदेखि अस्वस्थ थापाको स्वयम्भूस्थित निवासमै निधन भएको हो । खबर सुनेपछि साहित्य, संस्कृति, कला र राजनीतिक क्षेत्रका शुभेच्छुकहरू स्वयम्भूमै पुगेका थिए । दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धासुमनका लागि राखिएको पार्थिव शरीरमा फूल चढाउँदै गर्दा प्रधानमन्त्री सुशील कोइरालाको अनुहार भावुक देखिन्थ्यो । उपप्रधानमन्त्री वामदेव गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, एमाले वरिष्ठ नेता माधव नेपालदेखि मन्त्री, कलाकार र साहित्यकारसम्मले श्रद्धाञ्जलि दिए । पशुपति आर्यघाटमा सरकारका तर्फबाट संस्कृतिमन्त्री दीपकचन्द्र अमात्यले राष्ट्रिय झन्डा ओडाएर सम्मान गरे, जेठा छोरा मदनराजले दागबत्ती दिए ।
'त्यो समय लोक साहित्य र संगीत संकलन तथा प्रवर्द्धनमा अरू पनि लागेका थिए, तर उहाँ आजीवन समर्पित हुनु भो,' २०२६ देखि २०३१ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सहसदस्यका रूपमा सँगै काम गरेका संस्कृतिविद् सत्यमोहन जोशीले थापाको योगदान सम्झे, 'गाउँ-गाउँमा गएर, जनताको लोकबोली टिपेर आफैं गाउने, संगीत गर्ने र शब्द रचना गरेर मौलिकपनसमेत दिने उहाँको विशेष खुबी थियो ।'
सबै अञ्चल, जिल्लामात्रै नभई भारतीय नेपाली समाजका कुनाकन्दरामा समेत पुगेर अलिखित लोक साहित्यलाई उजिल्याउन थापाको महत्त्वपूर्ण योगदान रहेको जोशी सम्झन्छन । थापा आफू मात्रै गाउने र अघि बढ्नेभन्दा पनि अरूलाई समेत घच्घच्याउने स्वभावका थिए ।
'पोखरा बाटुलेचौरबाट गन्धर्वहरू काठमाडौंमा ल्याएर त्यो समुदायको लोक संगीतलाई राष्ट्रिय महत्त्वको बनाउनुमा उहाँको ठूलो देन छ,' जोशीले भने । थापाकै पहलमा ल्याइएको गन्धर्व टोलीमध्ये झलकमान गन्धर्वले राष्ट्रिय चिनारी नै बनाए ।
स्कुले जीवनमै सद्बिउ छर्नेसित काठमाडौं आउनु थापाको जीवनको महत्त्वपूर्ण टर्निङ प्वाइन्ट मानिन्छ । त्यसपछि उनी काठमाडौंमै पढ्न थाले । निजामतीमा प्रथमा र मध्यमा उत्तीर्ण गरे । लगत्तै उनी श्री ३ को गुठी बन्दोबस्तमा नौसिन्दाको जागिरे भए । बढुवा भएर बहिदारसम्म बने । त्यही बेला उनले उस्ताद भगतकृष्ण मानन्धरसँग संगत गरे, शास्त्रीय संगीत सिके । विसं १९९६ मा विवाह गरेका उनले २००२ मा गोरखपत्रमा जागिर खान पुगे । २००७ को जनक्रान्तिपछि गाउँ-गाउँ पुगेर गीत गाउँदै हिँडे । २००८ मा तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरू नेपाल आउँदा राजा त्रिभुवनले टुँडिखेलमा थापालाई सहिदको सम्झनामा गीत गाउन लगाएका थिए । उनले 'चरी बस्यो रूखैको हाँगामा, रोयो हिमाल मिर्मिरे साँझैमा...' गाउँदा त्रिभुवनसमेत भावुक बनेका थिए । त्यस वर्षको सेरोफेरोमा थापाले गाएका गीत 'क्रान्तिकारी हे वीर केआईसिंह, कहाँ गयौ झयालखाना तोडेर...' ले भने थापा स्वयंलाई समस्यामा पार्‍यो । करिब एक महिना उनी जेल परे ।
'उहाँले २००९ देखि २०२६ सम्म रेडियो नेपालमा काम गर्नुभएको देखिन्छ,' रेडियो नेपालमै भेटिएका र सँगै गीतसमेत गाएका संगीतकार बुलु मुकारुङले भने, 'गीतमा सामाजिकता भित्र्याउने सन्दर्भमा उहाँ मित्रसेनबाट प्रभावित देखिनुहुन्छ ।' थापाले त्यतिबेला रेडियो नेपालमा चलाएको कार्यक्रम लोकलहरी' निकै चर्चित मानिन्थ्यो । रेडियो नेपालको परम्प्ारागत रबैयाविरुद्ध राल्फा अभियान चलाउँदै मुलुकका विभिन्न थलोमा सांस्कृतिक अभियान लिएर जानुअघि रामेश, रायन, अरिम र मञ्जुलहरूले पनि थापाको 'लोकलहरी' मा गीत गाएका थिए । रेडियो नेपालका लोक सांस्कृतिक विभागका प्रबन्धक थापा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यदेखि संस्कृति विभागको महानिर्देशकसम्म बने ।
'जनकवि केशरी' को उपाधि भने राजा महेन्द्रबाट २०१३ मा पाएका थिए । सोही वर्ष तत्कालीन प्रधानमन्त्री डा. केआई सिंहले थापालाई शिक्षा तथा स्वायत्त शासन मन्त्रीका रूपमा नाम सिफारिस गरे पनि राजाले 'लक्ष्मीप्रसाद देवकोटा पनि तिम्रै आफनै मान्छे हो नि' भन्दै अर्कै संकेत गरेपछि उनको सट्टा देवकोटा मन्त्री बनेको नरेन्द्रराज प्रसाईंको 'देवकोटाको जीवन शैली' पुस्तकको पेज नं १४० मा उल्लेख छ ।
पिता हर्कबहादुर र माता मनमायाबाट १९८१ साउने संक्रान्तिका दिन जन्मेका थापाले २०२५ मा मदन पुरस्कार र २०५७ मा जगदम्बाश्री पुरस्कार पाएका थिए । उनको पहिलो रचना 'पहाडी जीवन' (गीतिसाहित्य, २००३) मानिन्छ । 'रत्नजुरेली', 'वनचरी', 'रानीपोखरी', 'कोसेली', 'कालीको लहर', 'तिलोत्तमाको भेल', 'शीतलपाटी', 'मिर्मिरेको रन्को', 'मेरो नेपाल भ्रमण', 'पहाडी संगीत', 'मंगलीकुसुम', 'गण्डकीको सुसेली', 'सगरमाथाको सेरोफेरो', 'चितवन दर्पण', 'दिव्य चौतारी', 'गोलसिमल', 'तनहुँका फूलबारी', 'वासन्ती-वसन्त' लगायत दर्जनौं कृति प्रकाशित छन । 'प्रजातन्त्रको काफल पाक्यो...' गीत २०४७ मा रेडियो नेपालमा रेकर्ड भएको उनको अन्तिम गीत हो ।
 सुरुआती समय रेडियो नेपालमा लाइभ गायन मात्रै हुने र व्यवस्थित रेकर्डिङ नहुने भएकाले थापाले कोलकातास्थित हिन्दुस्थान रेकर्डस कम्पनी र हिज मास्टर्स भ्वाइस -एचएमभी) को स्टुडियोसम्म पुगेर गीत रेकर्ड गराएका थिए । 'त्यतिबेला उनका गीत प्रायः भी. बल्सराले एरेन्ज गरेको देखिन्छ,' अनुसन्धानमूलक कृति 'नेपाली संगीतको अभिलेख' लेखिरहेका बुलु मुकारुङले भने, 'त्यतिबेला प्रायः गीत त्यही स्टुडियोमा रेकर्ड भएको देखिन्छ, रोचक के भने स्टुडियोमा फोटोचाहिँ थापाको मात्रै सजिएका थिए ।'
त्यतिबेला थापाले उर्मिला कुमारीलाई गायिकाको रूपमा स्थापित बनाउन निकै साथ सहयोग गरेको पनि मुकारुङले खुलाए । तिनताक थापाले उर्मिलासँग 'झम झम परेली...', 'उकालो चढ्ने ए परदेशी...', 'नेपाली कहाँ गयो, हाम्रो गीत त्यसै हरायो...', 'यो माया आउने जाने...' लगायतका गीत गाएका थिए ।
मेचीकाली घुमेर गीत संकलन गर्दै र पुस्तकमार्फत प्रचारप्रसार गर्दै हिँड्ने बेलामा थापाले पुर्वी नेपालको आठपहरिया समुदायको लोकभाका टिपेर 'घिन्ताङ घिन्ताङ मादलै बज्यो...' देखि पश्चिम नेपालको लोक संवेदना समेटिएको 'काली पारि दाइ कति राम्रो...' सम्म लेखे । भारतको देहरादुन, दार्जिलिङ, सिक्मिम र आसामसम्म पुगेर लोकभाका संकलन गरेका उनले २०१९ मा दिल्लीमा तत्कालीन भारतीय प्रधानमन्त्री नेहरू, राष्ट्रपति लगायत उच्च पदस्थ अघिल्तिर गीत गाएको सम्झना गर्छन् गायक कुमार बस्नेत । बस्नेत राजा महेन्द्र सहितको त्यो टोलीमा सामेल थिए । महेन्द्रले दिल्लीस्थित होटल अशोकामा भारतीय पक्षलाई रात्रिभोज दिएका थिए, जहाँ नातिकाजी, शिवशंकर, तारादेवी लगायतले पनि गीत गाएका थिए । 'थापा सबैका ध्यान आकृष्ट गराउँदै मिठो स्वरमा गाउन एकदमै सिपालु हुनुहुन्थ्यो' बस्नेतले सम्झे । 'घुम्दै आग्रा पुग्दा बाटोमा उहाँले 'हरियो डाँडामाथि, हलो जोत्ने साथी...' गीत सुनाउनुभएको थियो' उनले भने, 'त्यसपछि यो गीत नेपालमा खुब चल्तीमा आयो ।'
महाकवि देवकोटा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, छिन्नलता पुरस्कार, भानुभक्त पुरस्कार, नई सुकीर्ति लगायत दर्जनौं पुरस्कार पाएका थापाका नाममा लोकगीत संगीतलाई प्रवर्द्धन गर्न २०५१ मा 'धर्मराज थापा तथा सावित्री थापा प्रतिष्ठान स्थापना गरिएको थियो । थापालाई श्रीओम श्रेष्ठ रोदनले गीतकार एस्पी कोइरालाको शब्द र यम बरालको संगीत रहेको 'चिरेर हेर...' गीतको म्युजिक भिडियोमा पनि उतारेका थिए । थापाका तीन छोरा -मदन, कुञ्ज र बुलन्द) र दुई छोरी -ज्ञानु र पानु) छन् । गायिका ज्ञानु राणा उनका जेठी छोरी हुन् ।

FROM: ekantipur.com 

9/24/14

नेपाली कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनका अग्रणी शिखर व्यक्ति साहना प्रधान

12:59 AM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन, असोज ७

नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै सात दशक लामो योगदान दिएकी प्रधान ०४६ सालको संघर्षका क्रममा विभिन्न मोर्चामा विभाजित कम्युनिष्ट पार्टीलाई एकै थलोमा ल्याएर अघि बढाउन सफल नेतृका रुपमा चिनिनु हुन्छ । अर्थशास्त्रमा स्नातकोत्तर प्रधान ०१७ सालपछि अध्यापन गर्दै वामपन्थी आन्दोलनमा समेत उत्तिकै सक्रिय हुनुभएको थियो । २००९ सालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग विवाद गरेकी प्रधानले उहाको निधनपछि पुष्पलाल समूहको नेतृत्व सम्हाल्नु भएको थियो । ०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरणपछि एमालेको स्थायी समिति सदस्य बनेकी साहाना त्यो पछि संधै पार्टीको नेतृत्वमा रहनु भयो । एमाले निर्माण देखि कम्युनिष्ट आन्दोलनमा प्रधानको योगदानबारे एमाले अध्यक्ष केपी ओली भन्नहुन्छ –‘कसैले चाहदैमा सकिने काम हैन सिंगो आन्दोलनको नेतृत्व गर्नु । त्यसमा पनि तत्कालीन समयमा महिलाले आन्दोलनको नेतृत्व गर्नु । यही नेतृत्वपछि उहाँले पार्टीलाई एकीकरणमा ल्याउनुभयो’ उहाले थप्नुभयो–‘पार्टी एकता र एकीकरणमा उहाँको भुमिका अतुलनीय छ । जुन अहिले स्मरण गर्नुपर्छ ।’   

२००७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएकी प्रधान अखिल नेपाल महिला संघको संस्थापक महासचिव र नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताकी अग्रणी नेता हुनुहुन्छ । पार्टी एकीकरण पछि पुन:गठित अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष बन्दै महिला आन्दोलन र त्यसका मुद्दाको उठान र कार्यान्वयनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । आफ्नो जीवनभर संघर्ष गरेकी प्रधानको जीवनवाट धेरै सिक्नु पर्ने धारणा राख्नु हुन्छ एमाले अध्यक्ष ओली । ‘सहाना प्रधान निकै धैर्य गर्न सक्ने महिला नेतृ हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनमा धेरै संघर्ष गर्नुभयो ।’ उहाँले भन्नुभयो ‘कहिले जाँगिरवाट निष्कासन गर्ने, आर्थिक अभावको श्रृजना गरि घुडा टेकाउन अनेक प्रयास भए तर उहाँ यस्ता कुरामा झुक्नु भएन् । यी नै संघर्षवाट उहाले नेपाली राजनीतिको असाधारण नायकत्वको देखाउनुभएको छ ।’ 
०७ साल यताका सबै जसो परिवर्तनकारी आन्दोलनमा सक्रियता पूर्वक लाग्नु भएकी प्रधानले नेपाली लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा गरेको योगदान अविस्मरणीय छ । एमाले बरिष्ठ नेता झलनाथ खनाल उहाँको भुमिका र योगदान अग्रणी रहेको बताउनुहुन्छ । ‘नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनको उहाँ अग्रणी शिखर पुरुषका रुपमा म अहिले स्मरण गर्न चाहनछु ।’
यस्तै उपाध्यक्ष बामदेव गौतम, प्रधानको निधन भएपनि उहाँको योगदान एमालेले नभुल्ने बताउनुभयो । ‘साहना प्रधानको सिंगो जीवन नै संघर्षमा वित्यो । उहाँको जीवनमा भएका काम र योगदानवाट जोकोहीले शिक्षा लिन सक्दछ । उहाँ जो कोहीको प्रेरणाको श्रोत बन्न सक्नुहुन्छ ।’ उहाँले भन्नुभयो । 
नेपाली आन्दोलनको शिखर ब्यक्तित्वका रुपमा रहेकी प्रधानको उत्तरार्ध भने सुखद हुन सकेन । झण्डै ३ बर्षदेखि ओछ्यान परेकी प्रधानलाई पछिल्लो समय एमालेले समेत बेवास्था गरेको आरोप आफन्तहरु लगाउछन् । अन्तत ३ बर्षदेखिको उकुसमुकुस मनमै राखेर उहाँको निधन भयो । तर एमाले र साहाना प्रधान सम्बन्धमा बाहिर आएका समाचारहरु प्रति नेता माधवकुमार नेपाल भने अस्विकार गर्नुहुन्छ । ‘साहना जीको उपचारका लागि मैले नै कुरा उठाएको थिए र सरकारले उपचारको जिम्मेवारी पनि लियो । हामीले डाक्टरलाई कहा लगेर उपचार गर्न सकिन्छ भने सोधेका पनि थियौ तर डाक्टरले कही लगेर पनि हुन्न भन्यो ।’ उहाँ थप्नुभयो–‘पार्टी गर्नु पर्ने काम गरेको छ । उहाँको उपचार र हेर विचारमा पुर्‍याउनु पर्ने ध्यान पुर्‍याइएको छ । त्यसैले मलाई लाग्दैन उहाँको उपचारमा कुनै कमी कमजोरी भएको छ ।’ 
१९८४ साल असार २७ गते काठमाडौंको असन टोलमा आमा रम्भादेवी र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तानका रूपमा जन्मिनुभएकी सहाना प्रधान पाच बर्षकै उमेरमा परिवारसंगै बर्मा जानुभएको थियो । बर्मामा छदै दोस्रो विश्व युद्धको प्रभाव नजिकबाट नियाल्नु भएकी प्रधान २००१ सालमा स्वदेश फर्केपछि राणाशाही विरोधी आन्दोलनमा सङ्लग्न हुनुभयो । दिदी साधना प्रधान र कँग्रेस नेतृ मंगलादेवी सिंहसंगै महिला अधिकारका सवालमा आवाज उठाएकी साहानालाई नेपालका अन्य राजनीतिक दल समेत उच्च दर्जा दिन्छन् । ‘उहाँ र मेरो आमा मंगलादेवी सिंह ०७ साल अघि देखि नै महिलालाई भोटिङ राईटस् दिनुपर्छ पुरुषले मात्र होइन महिलाले पनि पढ्न पाउनु पर्छ भनेर संघर्षमा लाग्नु भएको थियो ।’ 
कंग्रेस महामन्त्री प्रकाशमान सिंहले भन्नुभयो–‘संघर्षको त्यो समयमा मेरा बुबा आमा र उहाँको परिवारबीचपनि एक खाले विशेष रिलेसन थियो ।’ 
२०४७ सालको आन्दोलनपछि गठित अन्तरिम सरकारमा दोस्रो दर्जा लिदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेकी प्रधान त्यसपछि उपप्रधानमन्त्रीसहित परराष्ट्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो । पुष्पलालकी जीवनसंगी भएर मात्र हैन, कम्युनिष्ट पार्टी स्थापना र त्यसलाई अहिलेको अवस्थासम्म ल्याउन साहानाले पुर्‍याएको योगदान, नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासमा स्वर्ण अक्षरले लेखिने छ ।

​‘काम माग्दा हातमा पासपोर्ट दिनु पर्ने अवस्था छ मुलुकमा’

12:48 AM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन
भदौ २०, काठमाडौं ।  

अहिले मुलुकमा विदेश जाने र धन कमाउने एक खाले लहर नै देखिएको छ । भर्खरै प्लस टु पास गरेका विद्यार्थी देखि रोजगारीका लागि भौतारिरहेका सबैको रोजाई अहिले विदेश बनिरहेको छ ।

विदेश जादैमा सजिलै धन कमाउन सकिदैन भन्ने तथ्य पनि अधिकाश बुझेका छन् । तर मुलुकमा उचित रोजगारीको अवसर नहुनु र रोजगारी पाईहाले पनि पुग्दो कमाई नहुनुले अधिकाशलाई विदेशको वाटो तर्फ दोर्‍याईरहेको छ । यही कारण नेपालवाट बैदेशिक रोजगारी तथा अध्ययनका लागि भन्दै दैनिक सयौ युवा विदेश पलायन भईरहेका छन् । जोश जागर र क्रियाशिलता हुने भएकाले मुलुक निर्माणको मुख्य आधारका रुपमा लिइने युवा रोजगारीका पलायन भईरहेपनि रोक्न सरकारले ठोस योजना ल्याउन सकेको छैन ।
मुलुकमा रोजगारी माग्दा पासपोर्ट दिने परिपाटी बस्दै गएको वताउनुहुन्छ एमाले अध्यक्ष केपी ओली । ‘नेपाली ४० लाख भन्दा बढी युवा अहिले रोजगारीका लागि विदेशमा छन् ।’ उहाँ थप्नुहुन्छ–‘देश हाक्ने देश बनाउने युवाले काम माग्दा हातमा पासपोर्ट दिनु पर्ने अवस्था छ मुलुकमा ।’
लाखौ युवा अहिले विदेशी भुमिमा कार्यरत छन र विदेश जानेको लर्को अझै पनि उस्तै छ । तर सरकारले मुलुक हाक्ने र मुलुकमा स्थायीत्व कायम गर्ने अभिभारा युवामै रहेको कुरा बताइरहेको छ । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम भन्नुहुन्छ–‘नेपालमा प्राकृतिक श्रोत साधनको अपार भण्डार छ त्यसको संरक्षण र सम्बद्र्धन गर्न जिम्मेवारी युवाको काँधमा छ ।’ युवाहरुको जोश जागरले नै मुलुकले नया दिशा तर्फ अग्रसर गराउने पनि उहाँको कथन छ र भन्नु हुन्छ ‘ हामीले मुलुकमा गणतन्त्र स्थापना गरायौ अब त्यसलाई समृद्ध गर्ने जिम्मेवारी पनि युवाकै काँधमा छ ।’ 


यसो त युवाका लागि सरकारले विभिन्न समयमा विभिन्न कार्यक्रम समेत नल्याएको होइन तर ती कार्यक्रम खासै प्रभावकारी हुन नसकेको कसैवाट लुकेको छैन । यसका अलावा युवा वर्गलाई गलत ढंगवाट बुझ्ने र उनीहरुलाई गलत दिशा तर्फ मोड्ने कार्य भईरहेपनि त्यो रोक्न नसक्नु कमजोरी भएको एमाले अध्यक्ष ओलीको बुझाई छ । ‘युवाले नै देश बनाउने हो बालबालिका र बृद्धबृद्धाले सक्दैन किनकी उनीहरुसंग जोश जागर हुदैन । तर विडम्बना हाम्रो मुलुकमा युवालाई प्रोत्सान भन्दा पनि बदनाम गरिन्छ ।’ उहाँ फेरि भन्नुहुन्छ– ‘यहाँ जोश जाँगर र क्रियाशिल भएर अघि बढ्ने युवालाई हुल्याहा, गुण्डा, डन देख्ने परिपाटी छ । केही गर्न खोज्ने युवालाई देश विकासमा लगाउनु पर्ने हो तर गलत वाटो हिडेकालाई सही बाटोमा ल्याउने कोशिश हुदैन यसमा दोष कस्को ?’


विदेशमा रोजगारीका लागि गएका युवाले पठाएकै रेमिट्यान्समा मुलुकको अर्थतन्त्र निर्भर भएको छ । तत्कालका लागि यसले अर्थतन्त्रमा राम्रो प्रभाव देखाएपनि भविष्यमा यो मुलुकका लागि खतरापूर्ण हुन सक्ने अर्थ विद बताईरहेका छन् । मुलुकमा रोजगारी श्रृजना गरि युवालाई विदेश पलायन हुनवाट बचाउन ठोस र प्रभावकारी योजना आवश्यक रहेको धारणा छ युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको । ‘युवाका मुद्धा स्थापित गर्न हामी क्रियाशिल छौ ।’ उहाँ भन्नु हुन्छ –‘तर युवा विदेशिएका छन् । र सरकार उनीहरुले पठाउने रेमिट्यान्समा रमाएर रेमिट्यान्स बैंक स्थापना गर्ने बताइरहेको छ ।’

नेपालको दिर्घकालिन विकासका लागि रेमिट्यान्स बैंक नभई युवा रोजगार बैंकको आवश्यकता रहेको उल्लेख गर्दै उहाँ थप्नु हुन्छ–‘रेमिट्यान्स बैंक स्थापना गर्ने तर्फ होइन १० वर्ष पछि नेपालमै रोजगारी श्रृजना गर्ने गरि युवा रोजगार बैंक स्थापना गरिनुपर्छ ।’
नेपाल मात्र नभई अहिले एशियाका अन्य मुलुकमा पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको विभिन्न अध्ययनले देखाएको छ । अधिकांश विकासोन्मुख मुलुकमा रहेको यो समस्या निकाकरणका लागी पनि सामुहिक पहल आवस्यक देखिएको छ ।


4/23/14

महाधिबेसन नजिकिएसंगै नेतृत्वकालागि एमालेमा ध्रुबीकरण /अध्यक्ष खनाल भन्नुहुन्छ–"महाधिबेसन एकता र सहमतिकै"

6:01 AM Posted by Ram Chandra No comments
रामचन्द्र महर्जन
वैशाख १०, काठमाडौं
 
महाधिबेशन नजिकिएसंगै जनताको बहुदलिय जनवाद र नयाँ नेतृत्वको विषयमा बहस भईरहेको छ एमाले भित्र । पार्टीको नेतृत्व लिन बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली अघि सरेसंगै नेता कार्यकर्ता पनि ध्रवीकृत भएका छन् । पहिले अध्यक्ष झलनाथ खनालको क्याम्पमा रहेका उपाध्यक्ष वामदेव गौतम र महासचिव इश्वर पोखरेल ओली खेमामा पुगेसंगै नेतृत्वको होड रोमाञ्चक पनि बन्दै गएको छ ।
 
माले कालका सहयात्री तितरवितर भएपनि उपाध्यक्ष गौतम भने पछिल्लो पटक ओलीलाई जिताउन कम्मर कसेर लाग्नुभएको छ । ‘मेरो हिसावले अध्यक्षको पहिलो प्रत्यासी त म नै हुँ । तर के गर्नु आफु परियो पार्टी फुटुवा त्यही भएर पछि सरेको छु ।’ नेता बामदेव गौतमले भन्नुभयो– ‘पुरानोले अव दावी नगरेर नयाँलाई दिनुपर्छ, नयाँलाई दिइयो भने पार्टीमा गतिशिलता पनि आउँछ, केपी कमरेडले सातौ महाधिवेसन देखि अध्यक्षका लागि इच्छा देखाईरहनु भएको छ र मैले घोषणा पनि गरि सके म उहाँलाई नै समर्थन गर्छु ।’
 
महाधिबेसनको समय नजिकिदै गर्दा हरेक जसो सार्वजनिक कार्यक्रममा बरिष्ठ नेता नेपाल र संसदीय दलका नेता ओली आफ्नै शैलीमा पार्टीको नेतृत्वमा दावी गरिरहेका भेटिन्छन् । नवौं महाधिबेसनले सबै ठिक पार्ने बुझाई छ, ससदीय दलका नेता ओलीको । ‘पार्टी भित्र अस्तव्यस्तता छ, आधा पक्ति काम विहिन छ, कसले के गरिरहेको छ थाहा छैन ।’ उहाँ भन्नुहुन्छ– ‘त्यसैले अब पार्टीलाई गतिशिल बनाउनु पर्‍यो, र मलाई विश्वास छ नवौं महाधिबेसनले सब ठिक गर्नेछ ।’
 
एमालेको आठौं महाधिबेसनले जबजलाई पार्टीको सिद्धान्तका रुपमा व्याख्या गर्दै  अध्यक्षमा कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने नीति बनाएको थियो । यसपटकको महाधिबेसनवाट नेताको उमेर हद तोक्नुपर्ने आवाज समेत उठिरहेको छ । नेतृत्व दावी गरेका बरिष्ठ नेता नेपाल भने त्यसपं्रति सन्तुष्ट हुनुहुन्न । उहाँ भन्नुहुन्छ– ‘एमाले भित्र सही नेतृत्व दिन सक्ने मान्छे चाहिएको छ, यो पालै पालो, भागवण्डामा पार्टी लाने होइन् ।’ बरिष्ठ नेता नेपाल थप्नुहुन्छ– ‘पार्टीलाई प्राइभेट लिमिटेड जस्तो चलाएर हुदैन, हो सबैको आ आफ्नै विशेषता छन् नेताहरुमा तर पार्टी चलाउने कुरा रहर गरेर मात्र हुदैन् ।’
 
हरेक महाधिबेसनलाई एकता र सहमतिको महाधिबेसन भन्ने गरेपनि नेतृत्व छनौटका बेला भने ति बिषय सेलाउने गरेका छन् । आगामी महाधिबेसनका लागी पनि अनेक खालका बहस र पदका लागि तछाड मछाड शुरु भईसकेको छ । अझै कुनै खेमाको समर्थनमा नउत्रिएका अध्यक्ष झलनाथ खनाल भने अझैपनि एकताकै महाधिबेशन हुने दावी गरिरहनुभएको छ । ‘म यो महाधिबेसनलाई वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा एकताबद्ध बनाउन कटिबद्ध छु ।’ अध्यक्ष खनाल भन्नुहुन्छ– ‘आगामी महाधिबेसनलाई वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा एकता र सहमतिको बनाउन सबै कमरेडहरु दृढ भएर लाग्नुपर्छ ।’
 
जबजको परिमार्जन र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बिषय जोडतोडले उठेपनि पुरानै नेताको हानथापका कारण नवौ महाधिबेशन पनि अघिल्ला जस्तै हुने संभावना बढेको छ । कतिपय युवाले वैचारिक बिषयमा बहस गरेपनि नेतृत्वमा दावी गर्ने हैसियत अझै बनाइसकेका छैनन् । यस्तो अबस्थामा नेपाल वा ओली जसले नेतृत्व हत्याएपनि पुरानै नेताको निरन्तरता हुने कुरा भने स्पष्ट भइसकेको छ ।
- See more at: http://radiokantipur.org/kantipur-diary/11290/#sthash.55KEXC1S.OWKoq3d8.dpuf

4/5/14

त्रिभुवन विमानस्थलका समस्या र मन्त्रीको अनुगमन

11:47 PM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन चैत २२, काठमाडौं
त्रिभुवन विमानस्थल र नेपाल वायु सेवा निगमको सुधार गरि सेवा सुढृद बनाउन पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले केहीअघि १० वर्षे बृहत कार्ययोजना सार्वजनिक गरेको थियो । त्यसले समेटेका विभिन्न पक्षबारे पर्यटन तथा नागरिक उड्ययन मन्त्री भिम आचार्यले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन मार्फत् जानकारी लिनुभएको छ । तर योजनामा समावेश कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न हुन्छन् या हुन्नन् भनेर अड्कल काट्न पनि अहिले हतार गरिहाल्नुपर्ने अवस्था छैन । विमानले उडान भर्ने बेला देखि अवतरण हुदाँका बेलासम्म नियन्त्रणका लागि राखिएका थुप्रै उपकरण बदल्ने कार्य जारी छ । तर कतिपय उपकरणमा अभ्यस्त भईनसकेकाले ‘एयरपोर्ट ट्राफिक कन्ट्रोल रुममा’ पुरानै शैली र उपकरणवाट समेत कार्य भईरहेका छन् । विमानस्थलको कन्ट्रोल रुमले गर्ने कार्य र यसमा हाल भइरहेको सुधार बारे कर्मचारीबाट जानकारी लिएपछि मन्त्री आचार्यलाई मात्रै हैन त्यहाँ उपस्थित सबैमा विमानस्थलको सुरक्षा सम्बेदनशीलता, यसमा आवश्यक सुधारका थुप्रै पक्ष उदाङ्गियो । अन्य मुलुकका अन्तराष्ट्रिय विमानस्थललाई हेर्ने हो भने त्यहाँ विमानको सुरक्षा तथा त्यससम्वन्धि सम्पूर्ण जानकारी हासिल गर्न आधुनिक भन्दा आधुनिक उपकरणहरु प्रयोग हुन थालिसकेका छन् । उच्च पहाडहरुमा विमान ठोक्किने लगायतका समस्या न्युनिकरणका लागि समेत थुप्रै उपकरणहरु अहिले अन्तराष्ट्रियस्तरमा प्रयोगमा आईसकेको अवस्थामा नेपाल जस्तो उच्च हिमाल तथा पहाडी क्षेत्र रहेको स्थान यी उपकरण ल्याउने बारे भर्खरै तयारी हुदैछ । दैनिक ६० हजार मानिसको ओहरदोहर हुने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको आकार आवश्यकता भन्दा सानो छ । यद्यपी गर्न सकिने सुधार गरि कार्य अघि बढाईरहेको दावी गर्ने विमानस्थलका समस्या पनि उत्तिकै छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नागरिक उडड्न कार्यालयका महाप्रबन्धक ऋषीकेश शर्माले विमानस्थलमा रहेको २ बढी विभिन्न निकायबीच समन्वय र व्यवस्थापनका साथै मौसम, संकुचित विमानस्थलका कारण उत्पन्न हुने जटिलता लगायतका थुपै्र समस्या रहेको बताउनुहुन्छ । ‘ग्राउण्ड ह्याण्डलिङ देखि पुरानो धावनमार्ग कारण उडानमा समेत समस्या भईरहेका छन् । त्यसमाथी प्राविधिक तथा अन्य जनशक्तिलाई शसक्त बनाउने नीति नै छैन ।’ उहाँ भन्नुहुन्छ–‘एउटा मात्र रनवे भएकाले एकै समयमा दुई तर्फ विमान संचालनमा ल्याउन सक्दैनौ संगै फोहरको समस्या पनि चुनौती बन्ने गरेको छ ।’ विमानस्थललाई आधुनिक ढंगले सञ्चालन गर्न कार्ययोजनासँगै अन्य अल्पकालीन र मध्यकालीन योजनाहरु ल्याउनु पर्ने उहाँको आग्रह छ । ‘विमानस्थललाई रामं्रो व्यवस्थापन गर्न एक वर्षभित्र गर्न सकिने योजनाहरु ल्याउनस् ।’ उहाँ थप्नुहुन्छ–‘आवश्यक ठाउमा समन्वय गर्न म समिति गठन गर्छर्ु तर अन्य सुधारका कामका लागि के गर्दा हुन्छ त्यो कुरा मलाई भन्नुस मन्त्रालयले गर्छ ।’ त्रिभुवन विमानस्थलको धावनमार्ग, अत्याधुनिक उपकरण देखि यात्रुलाई दिइने सेवा सुविधासम्ममा थुप्रै समस्या रहेको कर्मचारीहरु स्विकार्छन । तरसँगै सुधारका थुप्रै कार्य जारी राखेको उनीहरुको दावी छ । पछिल्लो समय विमानस्थलभित्रको अध्यागमनका कर्मचारीको कार्यशैली र आचरणप्रति नकारात्मक टिप्पणी भइरहेका बेला अनुगमनमा रहेका मन्त्री समक्ष विमानस्थल अध्यागमन विभागका प्रमुख हिमनाथ दवाडीले नीतिगत स्पष्टतापछि समस्या समाधान हुने बताउनुभयो । ‘बैदेशिक रोजगारीमा जानेलाई श्रम विभागले हेर्ने र उसले दिएको स्टिकरको आधारमा हामीले पठाउने हो तर अख्तियारले यही विषयमा समस्या खडा गरि सोधपुछ गर्ने गरेको छ ।’ उहाँले भन्नुभयो–‘त्यसैले यसमा मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनु पर्‍यो ।’ अनुगमनपछि कर्मचारीलाई निर्देशन दिदै मन्त्री आचार्यले यात्रुलाई दिइने सेवा सुविधा र यात्रुका सामानको सुरक्षाका लागि गम्भिर र जिम्मेवार हुनु आग्रह गर्नुभयो । ‘हामीले तत्काल गर्न सकिने सरसफाई लगायतका कार्य अहिले नै गरौ । यात्रुका सामान चोरी हुने गरेको गुनासो बढी आउने गरेको छ ।’ उहाँले थप्नुभयो–‘यी गुनासो आउनु भएन । सामान चोरी हुन्छ भने त्यसलाई रोक्नु पर्‍यो । यदी सामान हराएको खण्डमा को जिम्मेवार हुने त्यो पनि हुनु पर्‍यो ।’ आफु मातहतको निकायमा मन्त्रालयले चासो राखेर अनुगमन गर्नु नौलो कुरा होइन । विगतमा पनि यस्ता अनुगमन थप्रै पटक भएका छन् । तर यस्ता अनुगमनले समस्या समाधानमा कतिको प्रभावकारी भुमिका खेल्यो भन्ने कुरा महत्वपूर्ण हो । समस्या औल्याउनेहरुले समेत समाधानका लागि दबावसंगै सक्रियता बढाए मात्र विमानस्थलको समग्र सुधार र यात्रुले सहज र सरल सेवा पाउनेमा शायदै कसैको द्विविधा होला ।

3/29/14

कमजोरी र गल्ती सच्चाएर अघि बढे जनताले सहर्ष स्विकार गर्छन

12:01 AM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन काठमाण्डौ
गिरिजा प्रसाद कोइरालाको राजनीतिक जीवन सधै चर्चामा रहयो । हकि निडर र दृढ निश्चयी स्वाभावका कोइराला कतिपय बिषयमा विवादीत समेत बन्नुभयो । २०४८ सालमा पहिलो जननिर्वाचत सरकारको नेतृत्व गर्नुभएका कोइराला नेपालको इतिहासमै सबैभन्दा बढी प्रधानमन्त्री हुने व्यक्तित्व समेत हुनुहुन्छ । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि शुरु भएको लोकतान्त्रिक आन्दोलनको कोइरालाले नेतृत्व गर्नुभयो । शसस्त्र द्वन्दरत तत्कालिन नेकपा माओबादीलाइ समेत बिश्वासमा लिएर आन्दोलनलाई निष्कर्षमा पुरयाएपछि कोइरालाको उचाइ आकाशिएको थियो । कोइरालाको निर्णय क्षमता र त्यसप्रति लिन सक्ने अडानको सबैले पं्रसंसा गर्ने गरेका छन । राजनीतिक जीवनमा अधिकांश समय गिरिजाप्रसादसंगै विताउनुभएका प्रधानमन्त्री एवं कंग्रेस सभापति शुशिल कोइराला पनि उहाँको त्यही पक्षलाई स्मरण गर्नुहुन्छ । ‘मैले त उहाँसंग सिंगो जीवन विताएको छु, उहाँका बारेमा जति भनेपनि कम नै हुन्छ । उहाँ भने पछि निर्णय लिएपछि पछि हट्नु हुन्न थियो । कोइराला थप्छन् ‘उहाँ सबैसंग उत्तिकै मिल्नु हुन्थ्यो । कार्यकर्तासंगै गाउँ पुगेर संगठनको काम गर्नुहुन्थ्यो ।’ तत्कालिन नेकपा माओबादीसंग गिरिजाप्रसादको निकै राम्रो सम्बन्ध थियो । सोहि सम्बन्धका कारण माओबादीलाई शान्तिप्रक्रियामा आउन सहज भएको बिष्लेषकको भनाइ छ । कोइरालासंगको सम्बन्ध स्मरण गर्दै एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ ‘द्वन्दकालमा मैले नै गिरिजा बाउसंग कुरा गरेर पछि प्रचण्डजीसंग गिरिजाको मैले कुरा गराएको थिए ।’ उहाँ भन्नहुन्छ ‘त्यही भएको सहमति अनुसार, उहाँले खुलामञ्चवाट संसदीय दलका तर्फवाट वार्ताका लागि आव्हान गर्ने र तत्काली नेकपा माओवादीले त्यसलाई स्वीकारे विज्ञप्ति जारी गर्ने, यसरी वार्ताका थालनी भएको थियो ।’ सहमति सहकार्य र एकतालाई मुल मन्त्र बनाएर अघि बढेका कोइरालाले १० वर्ष देखि शसस्त्र द्वन्दरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन समेत नेतृत्वदायी भुमिका खेल्नुभयो । एमाले नेता भरत मोहन अधिकारी गिरिजा प्रसाद कोइरालाकै कारण तत्काली नेकपा माओवादी शान्ति प्रक्रियामा आएको बताउनुहुन्छ । ‘७ वर्ष भईसक्यो राजतन्त्र अन्त्य भएको, हामीले अझै संविधान बनाउन सकेका छैनौ ।’ उहाँ भन्नुहुन्छ ‘गिरिजा प्रसाद कोइराला निर्णय गरेपछि कहिल्यै पछि हटदैन थिए । अहिले हामीलाई त्यस्तै नेता चाहिएको छ ।’ नेपाली राजनीतिको इतिहासमा गिरिजा प्रसाद कोइरालाले आफ्नो छुट्टै स्थान बनाउनुभएको छ । ०७ साल, ०३६ साल, ०४६ साल देखि ०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म संघर्ष गरेका कोइराला जीवनकालको ६ दशक लडिरहने विरलै नेता मध्ये पर्नुहुन्छ । यद्यपी स्वर्गिय कोइरालाका पनि थुप्रै नकारात्मक पक्ष पनि थिए । बिशेष गरेर सासन सत्ता संचालन गर्ने क्रममा उहाँबाट थुप्रै कमि कमजोरी भएका थिए । तर जीवनको उत्तरार्धमा मुलुकलाई दिएको योगदानका कारण कोइरालाका कमि कमजोर ओझेलमा परे । कोइरालाको जिवनबाट अहिलेका नेताले सिक्नुपर्ने मुख्य बिषयनै कमजोरी र गल्ती सच्चाएर अघि बढे जनताले सहर्ष स्विकार गर्छन भन्ने नै हो । रेडियो कान्तिपुरकालागि रामचन्द्र महर्जन पुल्चोक ललितपुर

3/28/14

पर्यटन मन्त्रलयद्धारा १० बर्षे कार्ययोजना सार्वजनिक

11:32 PM Posted by Ram Chandra No comments
रामचन्द्र महर्जन चैत १४, काठमाडौं नेपालको समग्र पर्यटन क्षेत्र र हवाई उडान जिम्मेवारी लिएर बसेको पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले पछिल्लो समय नेपाल वायु सेवा निगमको चौतर्फी विकास, विस्तार र श्रीबृद्धिका लागि १० वर्ष कार्ययोजना अघि सारेको छ । कार्ययोजना हेर्दा आधारभुत र महत्वकाक्षी देखिएपनि विगतको कार्यशैली, परिपाटी र आचार देख्दा योजना कार्यान्वयन हुनेमा थुप्रै आशंका पनि देखिन्छन् । संगसंगै कार्यान्वयन भए थुप्रै क्षेत्रमा राम्रो विकास हुने आशा पनि । पर्यटन तथा नागारिक उडड्न मन्त्री भिम आचार्य थुप्रै समस्याकाबीच आएको कार्ययोजनाले नया आधार खडा गर्ने बताउनुहुन्छ । ‘हामीसंग वायुसेवा निगम छ, जहाज छैन’, उहाँ भन्नुहुन्छ–‘एउटा मात्र विमान चलेको अवस्था छ अरु सबै ग्राउन्डेड छन्, यस्तो अवस्था छ ।’ सरकारकै एक प्रभावशाली मन्त्रीको यो कुराले मुुलुकको नागरिक उडड्न क्षेत्र कुन अवस्थामा छ भनेर बुझन अप्ठ्यारो पर्दैन ।
नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारको कुरा गर्दा नेपाल वायु सेवा निगमले दिने सेवा, हवाई जहाज मार्फत पर्यटक आगमन हुने एक मात्र अन्तराष्ट्रिय विमानस्थलको कुरा समेत संगै जोडिएर आउछ । तर व्याप्त भ्रष्टाचार, दुरदर्शी कार्ययोजनाको अभाव, राजनीतिक अस्थिरतालगायतका थुप्रै समस्याका कारण सरकार मातहत रहेको नेपाल वायु सेवा निगम, हवाई यात्रासंग जोडिएको विमानस्थलको विकास र विस्तारमा प्रभाव पार्दै आएको कसैवाट लुकेको छैन । नेपाल वायु सेवा निगमका प्रवन्ध निर्देशक मदन खरेल भन्नुहुन्छ –‘निगमले हिजोका दिनमा विकास गर्न नसकेको हो । संगै र ढिलो सेवा सुरु गरेका थाई एयरलाइन्स र कतार एयरलाइन्सको अवस्था हाम्रो भन्दा धेरै माथी पुगिसेको छ’, उहाँ थप्नुहुन्छ –‘तर हामी माथी आउन नसक्नुमा थुप्रै कुरा जोडिएर आउँछ, एउटा कुरालाई मात्र जोड्न मिल्दैन यसलाई समग्र रुपमा हेरिनुपर्छ ।’ मुलुकको एक मात्र राष्ट्रिय ध्वाजावाहक वायु सेवा निगमको अवस्थालाई मात्र केलाउने हो भने पनि अवस्था नाजुक छ । पछिल्लो समय एउटा मात्र विमानवाट आन्तरिक उडान भर्न निगम बाध्य छ । एक त योजना ल्याउन नसक्ने र ल्याइ हालेपनि प्रभावकारी कार्यान्वयन गर्न नसक्नु यसको ठुलो समस्याका रुपमा देखिदै आएको छ । यी र यस्तै थुप्रै समस्या समाधानकालागि पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पछिल्लो समय विमानस्थल सुधार तथा नया निर्माण, दक्ष जनशक्ति उत्पादनसहित विकास र विस्तारका लागि १० वर्षे कार्ययोजना अघि सारेको छ । सो योजनाको औचित्य पुष्टि गर्दै फेरि पर्यटन मन्त्री आचार्य भन्नुहुन्छ–‘१० लाख पर्यटकको ठाउमा २० लाख ल्यायौ तर हाम्रो संरचना हेर्ने हो भने केही छैन । विमान छैन, विमानस्थलमा सेवालाई प्रभावकारी बनाउने थुप्रै उपकरण त अर्को कुरा हो । एउटा सामान्य साइरन समेत विग्रेर बन्न नसकेको अवस्था छ । अध्यागमनको अवस्था उस्तै छ, कार्य प्रणालीलाई प्रभावकारी बनाउन सकिएको छैन’, उहाँ फेरि भन्नुहुन्छ– ‘विमानस्थलको धावन मार्गदेखि ट्वाइलेट सम्म सबै पक्ष सही ठिक ढंगले संचालन हुन सकेको छैन, त्यसैले यो कार्ययोजना ल्याएका हौ ।’ मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको अवस्था अत्यन्तै नाजुक रहेको विभिन्न तथ्यहरु बेला बेला सार्वजनिक हुने गरेका छन् । तर नागरिक उड्यन प्राधिकरणका डिजी रितेश चन्द्र लालका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुधारका काम भइरहेका छन् । तर कतिपय अवस्थामा यात्रु आफै जिम्मेवार हुनुपर्ने उहाँको तर्क छ । ‘ हेर्नुस एउटा पक्षलाई मात्र दोष दिएर हुदैन । युरोप, अमेरिकाको कम्पेर गर्ने हो भने बाटोघाटो समेत राम्रो सफा हुनुपर्‍यो । हामी त्यो अवस्थासम्म पुगेका छैन’, उहाँ भन्नुहुन्छ–‘शौचालयमा एक जना यात्रु गएर फ्लस नगरेपनि पछि जाने मान्छेलाई शौचालय फोहर हुन्छ त्यसैले कतिपय अवस्थामा यात्रु आफै पनि सचेत हुनुपर्छ ।’ निगम धरासायी बन्दै गएकै कारण आन्तरिक होस या बाह्य, सबै खाले उडानमा नीजि क्षेत्रको बाहुल्यता रहदै आएको छ । निगम करिव करिव विमान विहिन भएपछि गत आर्थिक वर्षमात्र ८७ अर्व रुपैयाँ विदेशिएको मन्त्रालयको तथ्यांक छ । पयर्टन मन्त्रालयले अघि सारेको १० वर्षे सुधारका योजना कार्यान्वयन हुन सके अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा गुमाउदै आएको ५६ बर्षे वायु सेवा निगमले केही राहत पाउने थियो की ?

देखिएन् लोडसेडिङ अन्त्य हुने छाँटकाँट

12:57 AM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन चैत्र १२, काठमाडौं मुलुकले चर्को लोडसेडिङको मार खेपिरहँदा यसको
अन्त्यकालागि विभिन्न कोणवाट बहस हुने गरेका छन् । एकले अर्कोलाई समस्या औंल्याउने तर आफ्नो तर्फबाट गर्नु पर्ने काम हुन नसक्दा यो समस्या झन विकराल बन्ने सम्भावना झन बढेको छ । नीतिगत हेरफेरदेखि, प्रक्रियागत कार्यसम्म सुधारको आवश्यकता देखिन्छ । त्यसमाथी राजनीतिक अस्थिरता, भष्ट्राचार लगायतका समस्या यसमाथी थप भार बनेका छन् । ‘लोडसेडिङ न्यूनीकरण गर्दै ३ वर्षमा सम्पूर्ण रुपले लोडसेडिङ कम गर्ने मात्र होइन विदेशमा पनि बेच्नु पर्छ । यस विषयमा मन्त्रालय कटिबद्ध छ ।’ कार्यभार सम्हाले देखि नै ऊर्जा मन्त्री राधा ज्ञवालीले ३ वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जनाउदै आएका छन् । तर लोडसेडिङ अन्त्य हुने ठोस आधार भने देखिएको छैन् । नेपाल हाइड्रोपावर एशोसिएसनका महासचिव भानु पोखरेल भन्छन्– ‘जब जब राजनीतिक परिवर्तन हुन्छ, एजेण्डाहरु पनि परिवर्तन हुन्छ । पछिल्लो समय फेरि ३ वर्ष भित्र लोडसेडिङ हटाउने कुरा आएको छ ।’ उनी फेरि थप्छन्– ‘तर कसरी भन्ने ठोस कुरा केही आएको छैन । लोडसेडिङ हटाउने प्रतिबद्धता हिजो पनि आएका हुन् यसलाई विश्वास गर्ने आधार के त ?’ विभिन्न अध्ययन अनुसार, नेपालका सानाठूला गरी करिव ६ हजार नदिनालावाट ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । तर हाल भईरहेको उत्पादनले माग थेग्न नसक्दा मुलुकले दैनिक १२ घण्टा बढी लोडसेडिङ खेपिरहेको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक अर्जुन कुमार कार्की अझै पनि १०/१५ वर्ष मुलुक लोडसेडिङवाट मुक्त हुन नसक्ने दावी गर्छन् । ‘हामी सन् २०१७ देखि वर्षायाममा आन्तरिक रुपमा प्रयोग नहुने विद्युत उत्पादन गर्ने अवस्थामा पुग्दैछौ । करिव ४ अर्ब युनिट विजुली हामी वर्षायाममा व्यवस्थित गर्नुपर्ने अवस्था छ ।’ उनी भन्छन्– ‘आगामी १०/१५ वर्षसम्म जलाशय मुक्त आयोजना नबनिसक्दासम्म हिउँदमा भने विजुली अभाव नै रहने देखिन्छ । जसका लागि भारतवाट आयात गर्नुपर्ने अवस्था देख्छु म ।’ जल विद्युतको कुरा गर्दा लाईसेन्स वितरण देखि आयोजना निर्माण, प्रशारण तथा वितरणसम्मका विषय जोडिने गर्दछ । पछिल्लो समय जलविद्युतका विज्ञले प्रशारण लाईन र वितरणको विषयलाई व्यवस्थित बनाईनु पर्ने आवाज उठाईरहेका छन् । विद्युत प्राधिकरणको विगतको कार्यलाई हेर्ने हो भने प्रशारण लाईन विस्तारमा खासै काम भएको देखिदैन । प्रशारण लाईन विस्तारका क्रममा रुख कटान, जग्गाको मुआब्जा लगायतका कार्य तथा समस्या समाधानका लागि अन्तर मन्त्रालयबीच तालमेल हुन नसक्दा प्राधिकरण अन्यौलमा परेको छ । ‘विगतमा प्रशारण लाईनमा न्यून लगानी गरेको हो । आज पूवैदेखि पश्चिमसम्म क्षमता अभिबृद्धिका लागि कामहरु अघि बढिरहेको छ ।’ प्राधिकरणका प्रबन्ध निर्देशक कार्की थप्छन्– ‘नेपालमा प्रक्रिया झन्झटिलो र लामो छ । जग्गा अधिग्रहण देखि एउटा रुख काट्न समेत महिनौ बन मन्त्रालय धाउनुपर्छ । त्यसमाथी केही गरि एक दुई वटा बढी रुख काटियो भने फेरि पहिले देखिकै प्रक्रिया । त्यसैले जवसम्म एउटा विन्डोवाट सफाई दिने कार्य नभएसम्म निर्धारित समयमा काम हुने अवस्था देखिदैन ।’ अहिले मुलुकका ६० प्रतिशत घरमा विद्युत पुगेको तथ्यांकले देखाउँछ । यद्यपी सो विद्युत गुणस्तरिय नभएको स्वयं सरोकारवाला स्विकार छन् । जलविद्युत उत्पादन, प्रशारण र वितरणमा रहेका अनेक समस्याकाबीच विद्युत चुहावट अर्को समस्याका रुपमा देखिन्छ । यी सबै समस्या समाधानका लागि नीतिगत परिवर्तनसंगै नियमक निकाय आवश्यक रहेको बताउँछन् नीति फाउन्डेसनका कार्यकारी निर्देशक मोहनदास मानन्धर । ‘नीतिगत हेर्ने हो भने नियमक विद्येयक आउनु पर्‍यो । त्यो आउन साथ धेरै कुरा परिवर्तन हुन्छ ।’ नेपालमा विद्युत नीति बनेको लामो समय भईसक्यो तर ऐन भने बल्ल बन्ने तरखरमा छ । सो सम्वन्धि विद्येयक अहिले संसदमा विचाराधिन अवस्थामा छ । ‘मार्केटको अवस्था, इन्भेष्टमेन्ट कहाँ गर्ने, लाइसेन्स कसलाई दिने सबै कुरामा परिवर्तन आउँछ । त्यसैले नियामक निकाय आउनु पर्‍यो ।’ उनी भन्छन् । तर नेपालका सरकार मुख्य सचिव लिलामणी पौड्याल सरकार आफै नियामक निकाय भएकाले सरकारी संयन्त्र माथी अर्को नियमक निकाय नचाहिने तर्क गर्छन । ‘सरकारको नियामक निकाय सरकार नै हो । नेपाल विद्युत प्राधिकरणको सवालमा नियामक निकाय चाहिदैन ।’ उनी भन्छन् ‘विगतमा प्राइसिङमा नियामक निकाय ल्याएर हामी अहिले पछुताईरहेका छौ । त्यसैले प्राधिकरण आफै नियमक निकाय हो । त्यसले काम नगरे सरकारले कन्ट्रोल गर्छ । त्यसका लागि सरकार जिम्मेवार छ नी ।’ ठुलो सम्भावनाकाबीच पनि नीतिगत कार्य, प्रक्रियामा हुने ढिलासुस्ती, राजनीतिक अस्थिरता, भष्ट्राचार र काम भन्दा कुरा बढी गर्ने प्रबृतिकै कारण मुलुकले चर्को ऊर्जा संकट झेलिरहेको छ । यी विषयलाई सही ढंगले सम्बोधन नगरिएसम्म जति नै कुरा र काम गरेपनि अवस्था जहाँको त्यही रहने निश्चित छ ।

एमालेको नवौं महाधिवेशन /सहमति, एकता र चुनौती

12:48 AM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन फागुन २२, काठमाडौं समय अपुग हुने–नहुने भन्ने नेताहरुबीचको विवादले जस्तो सुकै स्वरुप लिएपनि एमालेले हिजो एकढिक्का भएर जेठको अन्तिम साता काठमाडौंमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ । कुनै एउटा बिषयमा विवाद भएको यो पहिलो पटक नभएपनि हरेक पटक विवाद अन्त्य भएसँगै आगामी दिनमा एक भएर अगाडि बढ्ने प्रतिबद्धता जनाउन एमाले नेताहरु पछि भने पर्दैनन् । तर त्यसको केही समयमै पुन: राष्ट्रिय राजनीतिलाई नै प्रभावित पार्ने गरी एमाले भित्र विवाद सुरु हुन्छ । जे होस, यस्तै विवाद मध्येको एउटा विवाद महाधिबेसनको मितिमा सहमति जुटाएको एमालेले महाधिबेसनलाई भने सहमति र एकताको महाधिबेसन बनाउने दावी गरेको छ ।
जब कुनै बिषयमा एमाले भित्र वाकयुद्ध सुरु हुन्छ, त्यसबेला तीनवटा पक्ष छर्लङ् देखिन्छ, अध्यक्ष भलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी ओली पक्षधर । दोस्रो तहका नेताहरु भने शीर्षस्थ नेताहरुलाई सहमतीमा ल्याउन डल्लु होस अथवा कोटेश्वर वा बाल्कोट धाउन ब्यस्त देखिन्छन् । अध्यक्ष खनाल नेतृत्वको बर्तमान कार्यसमितिको समयावधि गत फागुन १४ गते सकिएपनि बिधानगत एक बर्ष बढाउने सक्ने प्रावधान अनुसार आगामी बैशाखमा नवौं महाधिवेशन गर्ने तयारी एमालेको थियो । तर स्पष्ट तीन धारमा बिभाजित एमाले स्थायी समितिले मिति हेरफेर गर्दै जेठ ३ गतेका लागि महाधिवेशनको प्रस्ताव केन्द्रीय कमिटीमा त गर्‍यो तर सो प्रस्ताव समेत सम्सोधन हुन पुग्यो । ‘संविधानसभा निर्वाचन ०७० मा केन्द्रीत भएर लाग्नु परेकाले र संविधानसभाको निर्वाचन परिणाम प्रकाशित भईसकेपछि पनि राष्ट्रिय राजनीतिकका ज्वलन्त विषयहरुको व्यवस्थापनमा पार्टीको मुल नेतृत्व केन्द्रीत हुनु परेकाले पाँच वर्ष पुग्नासाथ महाधिबेसन आयोजन गर्न सम्भव भएन’ एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले भन्नुभयो ‘तसर्थ बैठकले पाटी विधानको धारा १३ क मा उल्लेख भए बमोजिम आगामी जेठ २४ देखि ३१ गतेसम्म पार्टीको नवौ महाधिबेसन काठमाण्डौ आयोजन गर्ने निर्णय गरेको छ ।’ पार्टी विधान अनुसार, प्रत्येक ५ वर्षमा महाधिबेसन गरि नया नेतृत्व चयन गर्नुपर्ने हुन्छ । तर आफ्नो पल्ला भारी नभएको भन्दै नेताहरुबीच महाधिवेशनको मितिलाई लिएर भनाभन सुरु भएपछि केन्द्रिय कमिटिले मध्यमार्गी बाटो निकाल्यो र जेठ २४ देखि ३१ सम्म काठमाडौंमा महाधिवेन गर्ने तय गर्‍यो । संविधानसभा निर्वाचन, सरकार गठन लगायत राष्ट्रिय राजनीतिका महत्वपूर्ण घटनाक्रम बाट एमाले समेत टाढा रहेन । सरकार गठन र संसदीय दलको नेता चयनताका एमालेमा देखिएको गुट–उपगुटले महाधिवेशनसम्मै प्रभाव पार्नेमा कुनै बिमती छैन । तर पनि अध्यक्ष खनाल/ महाधिवेशनलाई एकता र सहमतिको महाधिबेसनका रुपमा बुझन आग्रह गर्नुहुन्छ । ‘एमालेका भुमिकालाई अझ प्रभावकारी र सुदृढ बनाउन हामी प्रत्यत्नशील छौ’ उहाँ भन्नुभयो ‘त्यसैले आगामी महाधिबेसनलाई सकेसम्म सहमति र एकतावाट महाधिबेसनलाई अघि बढाउन चाहना साथ अघि बढ्न खोजिरहेका छौ । र सहमतिका साथ अघि बढ्छ । ’ त्यसो त बुटवलमा सम्पन्न आठौ महाधिबेसनपछि एमाले शीर्ष नेताहरुले एउटै मञ्चबाट पार्टी भित्रको गुटउपगुट तिनाउ नदीमा बगिसकेको भन्दै एकताको चारो छर्ने काम कार्यकर्तालाई गरेका थिए । तर त्यसपछिका राजनीतिक घटनाक्रम होस अथवा पार्टीगत एजेण्डा, वितेको ५ वर्ष एमाले भित्र थुप्रै उताव चढाव ल्याएको तथ्य कसैवाट लुकेको छैन । एकता र सहमतीमा जोड दिएपनि बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र ब्यक्तिगत अधिकार समेत सुरक्षित रहेको बताउनुहुन्छ । सहमति र एकतावाटै एकतावाटै अघि बढ्नु पर्छ तर सहमति भएन भने पनि पार्टीका व्यक्तिगत अधिकार त सुरक्षित छ ।’ नयाँ सभाषद्सँगको परिचयका क्रममा उपाध्यक्ष बामदेव गौतमले ठट्यौली पारामा आफुलाई अध्यक्ष भन्दै परिचय दिनु, स्थायी समिति सदस्य ओलीले अध्यक्षमा दावेदारी प्रस्तुत नगर्नु र अध्यक्ष खनालले ब्याङ्गात्मक शैलीमा महाधिवेशन आउन बाँकी छ कमरेड भनेर दिएको अभिब्यक्तिले, महाधिवेशनको माहोल हेर्न लायक हुने संकेत गर्छ । तर पनि रात रहे अग्राख पलाउनछ भने झै ३ महिना नै बाँकी रहेका बेला एमाले नेताहरुबीचको समीकरण समेत फेरवदल हुने सम्भावना पनि उत्तिकै छ । अर्को तर्फ आफ्ना बरिष्ठ वा सहयोगीलाई सहज वातावरण बनाउदै नेतृत्व सुम्पने महानताको पनि त एमाले नेताहरुमा कमी नभएको हैन ।