Dynamic-views

3/29/14

कमजोरी र गल्ती सच्चाएर अघि बढे जनताले सहर्ष स्विकार गर्छन

12:01 AM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन काठमाण्डौ
गिरिजा प्रसाद कोइरालाको राजनीतिक जीवन सधै चर्चामा रहयो । हकि निडर र दृढ निश्चयी स्वाभावका कोइराला कतिपय बिषयमा विवादीत समेत बन्नुभयो । २०४८ सालमा पहिलो जननिर्वाचत सरकारको नेतृत्व गर्नुभएका कोइराला नेपालको इतिहासमै सबैभन्दा बढी प्रधानमन्त्री हुने व्यक्तित्व समेत हुनुहुन्छ । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि शुरु भएको लोकतान्त्रिक आन्दोलनको कोइरालाले नेतृत्व गर्नुभयो । शसस्त्र द्वन्दरत तत्कालिन नेकपा माओबादीलाइ समेत बिश्वासमा लिएर आन्दोलनलाई निष्कर्षमा पुरयाएपछि कोइरालाको उचाइ आकाशिएको थियो । कोइरालाको निर्णय क्षमता र त्यसप्रति लिन सक्ने अडानको सबैले पं्रसंसा गर्ने गरेका छन । राजनीतिक जीवनमा अधिकांश समय गिरिजाप्रसादसंगै विताउनुभएका प्रधानमन्त्री एवं कंग्रेस सभापति शुशिल कोइराला पनि उहाँको त्यही पक्षलाई स्मरण गर्नुहुन्छ । ‘मैले त उहाँसंग सिंगो जीवन विताएको छु, उहाँका बारेमा जति भनेपनि कम नै हुन्छ । उहाँ भने पछि निर्णय लिएपछि पछि हट्नु हुन्न थियो । कोइराला थप्छन् ‘उहाँ सबैसंग उत्तिकै मिल्नु हुन्थ्यो । कार्यकर्तासंगै गाउँ पुगेर संगठनको काम गर्नुहुन्थ्यो ।’ तत्कालिन नेकपा माओबादीसंग गिरिजाप्रसादको निकै राम्रो सम्बन्ध थियो । सोहि सम्बन्धका कारण माओबादीलाई शान्तिप्रक्रियामा आउन सहज भएको बिष्लेषकको भनाइ छ । कोइरालासंगको सम्बन्ध स्मरण गर्दै एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ ‘द्वन्दकालमा मैले नै गिरिजा बाउसंग कुरा गरेर पछि प्रचण्डजीसंग गिरिजाको मैले कुरा गराएको थिए ।’ उहाँ भन्नहुन्छ ‘त्यही भएको सहमति अनुसार, उहाँले खुलामञ्चवाट संसदीय दलका तर्फवाट वार्ताका लागि आव्हान गर्ने र तत्काली नेकपा माओवादीले त्यसलाई स्वीकारे विज्ञप्ति जारी गर्ने, यसरी वार्ताका थालनी भएको थियो ।’ सहमति सहकार्य र एकतालाई मुल मन्त्र बनाएर अघि बढेका कोइरालाले १० वर्ष देखि शसस्त्र द्वन्दरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन समेत नेतृत्वदायी भुमिका खेल्नुभयो । एमाले नेता भरत मोहन अधिकारी गिरिजा प्रसाद कोइरालाकै कारण तत्काली नेकपा माओवादी शान्ति प्रक्रियामा आएको बताउनुहुन्छ । ‘७ वर्ष भईसक्यो राजतन्त्र अन्त्य भएको, हामीले अझै संविधान बनाउन सकेका छैनौ ।’ उहाँ भन्नुहुन्छ ‘गिरिजा प्रसाद कोइराला निर्णय गरेपछि कहिल्यै पछि हटदैन थिए । अहिले हामीलाई त्यस्तै नेता चाहिएको छ ।’ नेपाली राजनीतिको इतिहासमा गिरिजा प्रसाद कोइरालाले आफ्नो छुट्टै स्थान बनाउनुभएको छ । ०७ साल, ०३६ साल, ०४६ साल देखि ०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म संघर्ष गरेका कोइराला जीवनकालको ६ दशक लडिरहने विरलै नेता मध्ये पर्नुहुन्छ । यद्यपी स्वर्गिय कोइरालाका पनि थुप्रै नकारात्मक पक्ष पनि थिए । बिशेष गरेर सासन सत्ता संचालन गर्ने क्रममा उहाँबाट थुप्रै कमि कमजोरी भएका थिए । तर जीवनको उत्तरार्धमा मुलुकलाई दिएको योगदानका कारण कोइरालाका कमि कमजोर ओझेलमा परे । कोइरालाको जिवनबाट अहिलेका नेताले सिक्नुपर्ने मुख्य बिषयनै कमजोरी र गल्ती सच्चाएर अघि बढे जनताले सहर्ष स्विकार गर्छन भन्ने नै हो । रेडियो कान्तिपुरकालागि रामचन्द्र महर्जन पुल्चोक ललितपुर

0 comments:

Post a Comment