Dynamic-views

4/5/14

त्रिभुवन विमानस्थलका समस्या र मन्त्रीको अनुगमन

11:47 PM Posted by Ram Chandra No comments

रामचन्द्र महर्जन चैत २२, काठमाडौं
त्रिभुवन विमानस्थल र नेपाल वायु सेवा निगमको सुधार गरि सेवा सुढृद बनाउन पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले केहीअघि १० वर्षे बृहत कार्ययोजना सार्वजनिक गरेको थियो । त्यसले समेटेका विभिन्न पक्षबारे पर्यटन तथा नागरिक उड्ययन मन्त्री भिम आचार्यले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन मार्फत् जानकारी लिनुभएको छ । तर योजनामा समावेश कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न हुन्छन् या हुन्नन् भनेर अड्कल काट्न पनि अहिले हतार गरिहाल्नुपर्ने अवस्था छैन । विमानले उडान भर्ने बेला देखि अवतरण हुदाँका बेलासम्म नियन्त्रणका लागि राखिएका थुप्रै उपकरण बदल्ने कार्य जारी छ । तर कतिपय उपकरणमा अभ्यस्त भईनसकेकाले ‘एयरपोर्ट ट्राफिक कन्ट्रोल रुममा’ पुरानै शैली र उपकरणवाट समेत कार्य भईरहेका छन् । विमानस्थलको कन्ट्रोल रुमले गर्ने कार्य र यसमा हाल भइरहेको सुधार बारे कर्मचारीबाट जानकारी लिएपछि मन्त्री आचार्यलाई मात्रै हैन त्यहाँ उपस्थित सबैमा विमानस्थलको सुरक्षा सम्बेदनशीलता, यसमा आवश्यक सुधारका थुप्रै पक्ष उदाङ्गियो । अन्य मुलुकका अन्तराष्ट्रिय विमानस्थललाई हेर्ने हो भने त्यहाँ विमानको सुरक्षा तथा त्यससम्वन्धि सम्पूर्ण जानकारी हासिल गर्न आधुनिक भन्दा आधुनिक उपकरणहरु प्रयोग हुन थालिसकेका छन् । उच्च पहाडहरुमा विमान ठोक्किने लगायतका समस्या न्युनिकरणका लागि समेत थुप्रै उपकरणहरु अहिले अन्तराष्ट्रियस्तरमा प्रयोगमा आईसकेको अवस्थामा नेपाल जस्तो उच्च हिमाल तथा पहाडी क्षेत्र रहेको स्थान यी उपकरण ल्याउने बारे भर्खरै तयारी हुदैछ । दैनिक ६० हजार मानिसको ओहरदोहर हुने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको आकार आवश्यकता भन्दा सानो छ । यद्यपी गर्न सकिने सुधार गरि कार्य अघि बढाईरहेको दावी गर्ने विमानस्थलका समस्या पनि उत्तिकै छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नागरिक उडड्न कार्यालयका महाप्रबन्धक ऋषीकेश शर्माले विमानस्थलमा रहेको २ बढी विभिन्न निकायबीच समन्वय र व्यवस्थापनका साथै मौसम, संकुचित विमानस्थलका कारण उत्पन्न हुने जटिलता लगायतका थुपै्र समस्या रहेको बताउनुहुन्छ । ‘ग्राउण्ड ह्याण्डलिङ देखि पुरानो धावनमार्ग कारण उडानमा समेत समस्या भईरहेका छन् । त्यसमाथी प्राविधिक तथा अन्य जनशक्तिलाई शसक्त बनाउने नीति नै छैन ।’ उहाँ भन्नुहुन्छ–‘एउटा मात्र रनवे भएकाले एकै समयमा दुई तर्फ विमान संचालनमा ल्याउन सक्दैनौ संगै फोहरको समस्या पनि चुनौती बन्ने गरेको छ ।’ विमानस्थललाई आधुनिक ढंगले सञ्चालन गर्न कार्ययोजनासँगै अन्य अल्पकालीन र मध्यकालीन योजनाहरु ल्याउनु पर्ने उहाँको आग्रह छ । ‘विमानस्थललाई रामं्रो व्यवस्थापन गर्न एक वर्षभित्र गर्न सकिने योजनाहरु ल्याउनस् ।’ उहाँ थप्नुहुन्छ–‘आवश्यक ठाउमा समन्वय गर्न म समिति गठन गर्छर्ु तर अन्य सुधारका कामका लागि के गर्दा हुन्छ त्यो कुरा मलाई भन्नुस मन्त्रालयले गर्छ ।’ त्रिभुवन विमानस्थलको धावनमार्ग, अत्याधुनिक उपकरण देखि यात्रुलाई दिइने सेवा सुविधासम्ममा थुप्रै समस्या रहेको कर्मचारीहरु स्विकार्छन । तरसँगै सुधारका थुप्रै कार्य जारी राखेको उनीहरुको दावी छ । पछिल्लो समय विमानस्थलभित्रको अध्यागमनका कर्मचारीको कार्यशैली र आचरणप्रति नकारात्मक टिप्पणी भइरहेका बेला अनुगमनमा रहेका मन्त्री समक्ष विमानस्थल अध्यागमन विभागका प्रमुख हिमनाथ दवाडीले नीतिगत स्पष्टतापछि समस्या समाधान हुने बताउनुभयो । ‘बैदेशिक रोजगारीमा जानेलाई श्रम विभागले हेर्ने र उसले दिएको स्टिकरको आधारमा हामीले पठाउने हो तर अख्तियारले यही विषयमा समस्या खडा गरि सोधपुछ गर्ने गरेको छ ।’ उहाँले भन्नुभयो–‘त्यसैले यसमा मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनु पर्‍यो ।’ अनुगमनपछि कर्मचारीलाई निर्देशन दिदै मन्त्री आचार्यले यात्रुलाई दिइने सेवा सुविधा र यात्रुका सामानको सुरक्षाका लागि गम्भिर र जिम्मेवार हुनु आग्रह गर्नुभयो । ‘हामीले तत्काल गर्न सकिने सरसफाई लगायतका कार्य अहिले नै गरौ । यात्रुका सामान चोरी हुने गरेको गुनासो बढी आउने गरेको छ ।’ उहाँले थप्नुभयो–‘यी गुनासो आउनु भएन । सामान चोरी हुन्छ भने त्यसलाई रोक्नु पर्‍यो । यदी सामान हराएको खण्डमा को जिम्मेवार हुने त्यो पनि हुनु पर्‍यो ।’ आफु मातहतको निकायमा मन्त्रालयले चासो राखेर अनुगमन गर्नु नौलो कुरा होइन । विगतमा पनि यस्ता अनुगमन थप्रै पटक भएका छन् । तर यस्ता अनुगमनले समस्या समाधानमा कतिको प्रभावकारी भुमिका खेल्यो भन्ने कुरा महत्वपूर्ण हो । समस्या औल्याउनेहरुले समेत समाधानका लागि दबावसंगै सक्रियता बढाए मात्र विमानस्थलको समग्र सुधार र यात्रुले सहज र सरल सेवा पाउनेमा शायदै कसैको द्विविधा होला ।